अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

तीन जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।


१३ चैत, काठमाडौं । अर्घाखाँचीको भुवनपाटामा बेलुका भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। १५ जना भन्दा बढी घाइते भएका छन्।

शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।

घाइतेमध्ये ७ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको छ। अन्य घाइतेको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ।

प्रहरी निरीक्षक पौडेलले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाउँदै उद्धार कार्य पनि भइरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *