मिलापत्रको कागजात भेटिएपछि छुटे काभ्रेका जिसस प्रमुख

उनीविरुद्ध प्रहरीको रेकर्डमा रहेको ६ वटै कसुरमा मिलापत्र भइसकेको कागजात बुझाएपछि गौतमलाई छाडिएको एक प्रहरी अधिकृतले बताए ।


१४ चैत, काठमाडौं । जिल्ला समन्वय समिति (जिसस), काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम हिरासतमुक्त भएका छन् ।

उनीविरुद्ध प्रहरीको रेकर्डमा रहेको ६ वटै कसुरमा मिलापत्र भइसकेको कागजात बुझाएपछि गौतमलाई छाडिएको एक प्रहरी अधिकृतले बताए ।

गौतमका अनुसार, बैंकिङ कसुरको एउटा मुद्दामा पीडित पक्षसँग छलफल गर्न गएका बेला प्रहरीको रेकर्डमा अरु मुद्दा समेत देखिएपछि उनलाई पक्राउ पूर्जी थमाइएको थियो ।

‘तर, ती सबै मुद्दामा पहिल्यै मिलापत्र भइसकेको थियो, अदालतबाट कागज नआएका कारण समस्या भएको रहेछ’, गौतमले भने, ‘अब कुनै समस्या छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *