दुर्गा प्रसाईं बने संयुक्त जनआन्दोलनको कमाण्डर
समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै संवैधानिक राजसंस्थाको पुनस्र्थापनाका लागि निरन्तर आन्दोलन गर्ने जनाएको छ ।

१४ चैत, काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईलाई दिएको छ। समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै संवैधानिक राजसंस्थाको पुनस्र्थापनाका लागि निरन्तर आन्दोलन गर्ने जनाएको छ ।
समितिले संवैधानिक राजसंस्थाको पुनस्र्थापना,सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि निरन्तर आन्दोलन गर्ने जनाएको हो । चैत्र १५ गते काठमाडौंमा प्रदर्शन गरेपछि चैत्र १७ गतदेखि आन्दोलनका थप कार्यक्रमलाई अघि बढाइने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जनकारी दिए ।
उनले २०४७ को संविधानलाई आधार मानेर ७२ को संविधानका सकारात्मक प्रावधानलाई समेट्दै प्रमुख राजनीतिक पक्षहरूबीच सहमतिको बाटो बनोस भन्ने चाहना रहेको जिकिर गरे ।
यसबाट संविधान र व्यवस्था दुवैमा संरचनागत पुनरावलोकन गर्न सकिने उनको भनाइ छ । संयोजक सुवेदीले हिजो गणतन्त्र खोजेका जनताले अहिले पुन राजसंस्था खोजेको उल्लेख गर्दै राजनीतिभन्दा माथिको अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था आवश्यक रहेको धारणा राखे।