घुससहित रुपन्देहीमा प्रहरीका सई पक्राउ
खड्काले भारतबाट दुर्गौलिया नाकाहुँदै अवैध रूपमा भन्सार छलेर लिएका घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीसँग घुस लिएको उजुरी परेको थियो।

१५ चैत, काठमाडौं । रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) खिम बहादुर खड्का घुससहित पक्राउ परेका छन्।
प्रहरी चौकी हाटी बनगाई दुर्गौलिया रुपन्देहीमा कार्यरत खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलको टोलीले बिहीबार ३० हजार घुस रकमसहित पक्राउ गरेको हो। खड्काले भारतबाट दुर्गौलिया नाकाहुँदै अवैध रूपमा भन्सार छलेर लिएका घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीसँग घुस लिएको उजुरी परेको थियो।
सोही सूचनाका आधारमा उनलाई अख्तियारको टोलीले मायादेवी गाउँपालिका-६ रुपन्देहीबाट नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ।