कोटेश्वरको भाटभटेनीमा लुटपाट, प्रहरीलाई बोलाउँदा पनि आएन
सञ्चालकको सुरक्षा माग गर्दै प्रहरीलाई बोलाउँदा पनि नआएको गुनासो छ ।

१५ चैत, काठमाडौं । प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड गरेका छन् ।
राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूह सुरक्षागार्डलाई हातपात गर्दै भाटभटेनी सुपरस्टोर भित्र प्रवेश गरेको थियो । त्यसपछि लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरेको थियो ।
सञ्चालकको सुरक्षा माग गर्दै प्रहरीलाई बोलाउँदा पनि नआएको गुनासो छ । ‘३ः५८ बजे आईजीपीलाई फोन गरियो । तर अहिलेसम्म कोही आइपुगेन,’ भाटभटेनी स्रोतले भन्यो ।
सो समूहले भाटभटेनी सुपरस्टोरको भवनका सिसा फुटाएको छ भने तरकारीहरू जथाभावी फालिदिएका छन् ।