तीनकुने घटना: दुई जनाको मृत्यु, ३० घाइते
गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर प्रहरीतर्फ १५ जना र प्रदर्शनकारीतर्फ १५ जना घाइते भएको जानकारी दिएको छ।

१५ चैत, काठमाडौं । तीनकुने क्षेत्रमा भएको झडपमा परी ३० जना घाइते भएका छन् भने दुई जनाको मृत्यु भएको छ।
तीनकुने क्षेत्रमै झडपका क्रममा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कीर्तिपुर निवासी २९ वर्षीय सविन शर्मा र एभिन्युज टिभीका पत्रकार सुरेश रजका रहेका छन्। झडपमा घाइते भएका २९ वर्षीय सविनकोे उपचारको क्रममा मृत्यु भएको गृह मन्त्रालयले जानकारी दियो।
एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले राजावादीले निजी घरमा लगाएको आगोमा परी रजकको मृत्यु भएको बताए।
गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर प्रहरीतर्फ १५ जना र प्रदर्शनकारीतर्फ १५ जना घाइते भएको जानकारी दिएको छ।