सांसद दीपक बोहराको निधन
बोहरा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन्। उनले कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए।
१९ चैत, काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए ।
उनी पोस्ट कोभिडको समस्याबाट लामो समयदेखि अस्वस्थ थिए। बोहरा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन्। उनले कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए।
अहिले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका शीर्ष नेता तथा कार्यकर्ता अस्पतालमा पुगिरहेका छन्।