राज्य लागेपछि व्यक्तिको के लाग्दो रहेछ र : रवि लामिछाने

संघीय संसदको हिउँदे अधिवेशन सुरु हुने पहिलो दिन गत माघ १८ गते पनि सभामुख घिमिरेलाई भेटेर लामिछानेले सांसद पद निलम्बन फुकुवाको माग गरेका थिए ।

१९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नोविरुद्ध राज्य नै लागेको टिप्पणी गरेका छन् ।

मंगलबार सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको माग गरेपछि पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

पत्रकारले लामिछानेलाई सभामुखले सांसद पदबाट निलम्बन फुकुवा नगरे अदालत जाने हो भनेर सोधेका थिए । जवाफमा उनले अदालत जानु अन्तिम विकल्प भएको बताए । आफूले सभामुखलाई नै निलम्बन फुकुवाका लागि आग्रह गरेको बताए । सभामुखले निलम्बन फुकुवा गरिदिनु पहिलो विकल्प रहेको बताए ।

कहिलेसम्म अदालत जाने भन्ने प्रश्नमा लामिछाने पन्छिए । यो प्रश्नमा लामिछानेले भने, ‘राज्य लागेपछि व्यक्तिको के लाग्दो रहेछ र !’

लामिछाने पुस ८ गतेदेखि सांसद पदबाट निलम्बित छन् ।

संघीय संसदको हिउँदे अधिवेशन सुरु हुने पहिलो दिन गत माघ १८ गते पनि सभामुख घिमिरेलाई भेटेर लामिछानेले सांसद पद निलम्बन फुकुवाको माग गरेका थिए । आफूले सभामुख र संसदबाटै समाधान चाहेको उनले बताए ।

सभामुखले राजनीतिक दलहरूसँग छलफल गर्ने प्रतिवद्धता जनाएको लामिछानेले जानकारी दिए । आफू दुई पटकसम्म चितवनबाट निर्वाचित भएको उल्लेख गर्दै उनले आफू थुनामा समेत नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *