तीनकुने प्रदर्शनमा ६० राउन्ड गोली प्रहार

कीर्तिपुरका २९ वर्षीय सविन महर्जनलाई यही ६० राउण्ड मध्ये एक राउन्ड गोली लागेर उनको मृत्यु भएको थियो । ५० राउन्ड गोली मध्ये २ राउण्ड पेस्तालबाट चलेको थियो ।

१९ चैत, काठमाडौं । तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनमा ६० राउन्ड गोली चलेको पाइएको छ । जसमा हवाई फायरदेखि घुँडामुनि भन्दै प्रहरीले गोली हानेको थियो ।

कीर्तिपुरका २९ वर्षीय सविन महर्जनलाई यही ६० राउण्ड मध्ये एक राउन्ड गोली लागेर उनको मृत्यु भएको थियो । ५० राउन्ड गोली मध्ये २ राउण्ड पेस्तालबाट चलेको थियो ।

त्यसैगरी ७४६ राउन्ड अश्रुग्यास प्रहार गरेको पाइएको छ । १९२ राउण्ड ब्ल्यांक राउण्ड चलेको प्रहरी स्रोतले जानकारी दियो । यसमा गोलीको जस्तो आवाज मात्रै आउने प्रहरी अधिकारीहरु बताउँछन् ।

कार्टिज (छर्रां) भने २३९ पटक प्रहार भएको पाइएको छ । राजावादी प्रदर्शनमा प्रहरी ५५ जना , सशस्त्र प्रहरी २२ जना र प्रदर्शनकारी ५२ जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *