टोखामा ट्रकमा भेटिएको २५ करोडको मालिकको पहिचान खुल्यो

विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले भने ‘हामीलाई यसका मालिक पहिचान गर्नुपर्ने चुनौती पनि थियो ।


२१ चैत, काठमाडौं । टोखा नगरपालिका–२ झोरस्थित सडकखण्डमा ४ चैत राति ११ बजेतिर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बरामद गरेको २५ करोड रुपैयाँको मालिक पहिचान भएको छ ।

राजस्व अनुसन्धान विभागका अनुसार उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई हाल टोखा नगरपालिका–१० मा बसोबास गर्ने नारायण पौडेलको भएको पुष्टि भएको हो। पौडेललाई पक्राउ गर्न अदालतबाट पुर्जी जारी भइसकेको छ।

गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा रकम लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय चालक कुसान लामालाई पक्राउ गरेको थियो।

विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले भने ‘हामीलाई यसका मालिक पहिचान गर्नुपर्ने चुनौती पनि थियो । संसद्‍सम्म यसका मालिकबारे प्रश्न उठेको थियो । जसकारण पनि मालिक पहिचान गर्न हामीलाई चुनौती पनि थियो । तर यसमा सफल भएका छौं,।’

गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा रकम लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय चालक कुसान लामालाई पक्राउ गरेको थियो।

चालक लामाले ट्रकको चालक सिट पछाडि फल्स बटम बनाएर रकम लुकाएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले काठमाडौंबाट युरो र अमेरिकी डलर चीन लगेर उताबाट सुन लिएर आउने गरको निष्कर्ष निकालेको थियो ।

विभागको अहिलेसम्मको अनुसन्धानले पनि सुन तस्करी गर्नकै लागि उक्त रकम चीन गएको निष्कर्ष निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *