नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्याली

६ मंसिर, काठमाडौं । काठमाडौंका खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्याली निकालिएको छ ।
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिको नामबाट र्याली निकालिएको हो ।
ललितपुरको कुपण्डोल देखि सुरु भएको र्याली माइतीघर मण्डलसम्म पुग्ने छ ।
प्रदर्शनकारीहरुले ‘जनतालाई उठिबास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’ लगायत नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् ।