फैसलाको १० वर्षपछि खुमबहादुर खड्काको घरजग्गा जफत हुँदै

गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले १० वर्षअघिको सर्वाेच्च अदालतको फैसलाअनुसार खड्काको सम्पत्ति जफत गर्न लागेको हो ।


सरकारले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको घरजग्गा जफत प्रक्रिया अघि बढाएको छ । ललितपुरको सानेपास्थित डेढ रोपनी जग्गा र त्यसमा बनेको घरलगायत सम्पत्ति जफत हुन लागेको हो ।

गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले १० वर्षअघिको सर्वाेच्च अदालतको फैसलाअनुसार खड्काको सम्पत्ति जफत गर्न लागेको हो ।

विभागका महानिर्देशक सुरेश पन्थीले सर्वोच्च अदालतको आदेश अनुसार खड्काको सानेपास्थित जग्गा जफतको प्रक्रिया अघि बढाएको हो ।

‘मालपोतबाट कागजात मगाएर प्रतिवेदन तयार पार्दैछौं,’ पन्थीले भने, ‘अबको केही दिनमा मन्त्रालयमा पेश भएपछि गृहमन्त्रीज्यूले निर्णय गरेपछि जग्गा जफत हुन्छ ।’

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको इजलासले ३० साउन २०६९ मा पूर्वमन्त्री खड्कालाई भ्रष्टाचार कसुरमा दोषी ठहर गर्दै जग्गा जफत गर्ने फैसला सुनाएको थियो ।

उनको सानेपा रहेको १ करोनी ६ आनाभन्दा बढी जग्गा जफत गर्नुका साथै २० लाख ५६ हजार ९८७ रुपैयाँ असुल उपर गर्नुपर्ने फैसलामा भनेको थियो ।

साढे २० लाख भने असुल उपर भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *