कर्णाली राजमार्ग तीन ठाउँमा अवरुद्ध

पहिरो खसेपछि कर्णाली राजमार्ग अन्तर्गत कालिकोट स्थित खाँडाचक्र नगरपालिकाको सिम्लेगाडमा पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक रमेश रावलले बताए।


२८ चैत, काठमाडौं । कालिकोट-सुर्खेत जोड्ने कर्णाली राजमार्ग अवरुद्ध भएको छ। गएराती भएको अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएपछि यात्रु बाटोमै अलपत्र परेका छन्। पहिरो खसेपछि कर्णाली राजमार्ग अन्तर्गत कालिकोट स्थित खाँडाचक्र नगरपालिकाको सिम्लेगाडमा पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक रमेश रावलले बताए।

उनले भने राजमार्गको कालिकोट खण्डकै थप दुई स्थानमा सडक अबरुद्ध भएको छ। कर्णाली करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका वडा नं ३ सिस्नेगाड, यस्तै कालिकोटको रास्कोट नगरपालिका-८ भार्तडीमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

बुधवार साँझदेखि भीषण वर्षा, हावा हुरीसहित चट्याङ पर्दा ढुंगासहित पहिरो आएर राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रुबाहक तथा मालबाहक सवारी रोकिएका छन्। नेपाल प्रहरीले राजमार्ग तथा कर्णाली कोरिडोर खुलाउन लागिपरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *