भैंसेपाटीको मेडिसिटी अस्पतालले मिर्गौला गायब बनाएको आरोप
६ असोज, काठमाडौं । ललितपुर भैंसेपाटीको मेडिसिटी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेकाइलामका ३८ वर्षीय सरोज सुब्बाको मृत्यु भएको छ ।
सरोजको मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरबाही गरेको आरोप लगाएका छन् । ६ असोजमा मेडिसिटी अस्पतालमा सुब्बाको मिर्गौला प्रत्यारोपण गरिएको थियो । एक हप्तापछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए ।
डिस्चार्ज भएपछि हप्ता–हप्ता दिनमा फलोअप उपचार गराउँदै आएका सरोजको १ मंसिरमा मृत्यु भएको थियो ।
तर आफन्तले भने चिकित्सकले परिवारसँग परामर्श नै नगरी सरोजको शरीरबाट मिर्गौला झिकेको भन्दै शव बुझ्न अस्वीकार गरेका छन् ।
कुमार राई मृतकका आफन्तले सरोजको फलोअप उपचारका क्रममा चिकित्सकले आफूहरुलाई जानकारी नै नदिई शरीरबाट मिर्गौला झिकेको बताए ।
चित्तबुझ्दो जवाफ नआएसम्म लास न बुझ्ने मृतकका आफन्तले बताए ।