त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले बिहीबार उपकुलपति बरालको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

२८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय(त्रिवि) का उपकुलपति प्राध्यापक केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले बिहीबार उपकुलपति बरालको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बरालले १५ चैतमा सहयोगीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका थिए ।

बराललाई कममा फर्किने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई पनि सहजीकरण गर्न अनुरोध गरिएको थियो ।

राजीनामा बुझाएको १२ दिनपछि बरालको राजीनामा स्वीकृत भएको हो । प्रधानमन्त्रीको हस्तक्षेप र सरकारको असहयोगका कारण बराललाई राजीनामा दिन बाध्य पारिएको उनी निकटस्थ प्राध्यापक बताउँछन् । बरालले भने काम गर्ने वातावरण नभएकाले पद त्याग गरेको जनाउँदै विस्तृत कारण राजीनामाको टुंगो लागेपछि खुलाउने बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *