सुनसरीमा दुई समूहबीच गोली हानाहान, २ जना पक्राउ

भारतबाट तस्करी गरि ल्याएको सामान बिक्री गरेको हिसाब मिलाउने विषयमा विवाद हुँदा ६ जनाको तस्करहरूको समूहबीच दोहोरो झडप भएको थियो ।


२ वैशाख, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-२ मा सोमबार साँझ गोली आतंक मच्चाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट तस्करी गरि ल्याएको सामान बिक्री गरेको हिसाब मिलाउने विषयमा विवाद हुँदा ६ जनाको तस्करहरूको समूहबीच दोहोरो झडप भएको थियो ।

उनीहरूले एक अर्काविरुद्ध पेस्तोलबाट गोली हानाहान गर्न थालेपछि तीन जना घाइते भएका थिए ।

प्रहरीले गोली हान्ने कार्यमा सम्लग्न देवानगन्ज गाउपालिका-१ का २१ वर्षीय पिन्टु यादव र २७ वर्षीय रबिनकुमार यादवलाई पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । उनले पक्राउ परेका दुबै जना गोली काण्डमा परि सामान्य घाइते भएका छन ।

गोली प्रहारबाट देवानगञ्ज गाउँपालिका वडा नं-१ का शिवुकुमार मेहता गम्भीर घाइते भएका छन । उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको एसपी तिम्सिनाले बताए । उनले गोली काण्डमा रहेका अन्य तीन जनाको समेत पहिचान भइसकेकाले उनीहरूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *