पश्चिम नेपालमा चट्याङसहितको वर्षा, सतर्क रहनुहोला

आज सबैभन्दा बढी तापक्रम धनगढीमा (३६ डिग्रीसम्म) र सबैभन्दा कम आज राती जोमसोममा (४ डिग्रीसम्म) पुग्नसक्ने संभावना छ। 


हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनुका साथै भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको वायुको  प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण अहिले दाङ, रोल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम, सल्यान र जाजरकोटमा चट्याङसहित पानी परिरहेको छ। चट्याङका कारण जनधनको क्षति हुनसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

केही समयपछि यो प्रणाली पूर्वतिर (लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई क्षेत्र) सर्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै वर्षा दैलेखको कट्टीमा २०.६ मिलिमिटर वर्षा भएको छ । एक घण्टायता भने सबैभन्दा धेरै घोराही र सल्यान बजारमा ७.४ मिलिमिटर वर्षा मापन भएको छ ।

विभागका अनुसार डडेलधुरा,दिपायल,पोखरा,काठमाडौंलगायत देशभरीका विभिन्न सहरमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। आज सबैभन्दा बढी तापक्रम धनगढीमा (३६ डिग्रीसम्म) र सबैभन्दा कम आज राती जोमसोममा (४ डिग्रीसम्म) पुग्नसक्ने संभावना छ।

यसैगरी कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने महाशाखाको बुलेटिनमा उल्लेख छ।
आज राती कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशका केही स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।  कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *