अस्पतालहरूलाई तोकिएको सेवा शुल्क भन्दा बढि नलिन मन्त्रालयको परिपत्र


काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी तथा निजी मेडिकल कलेज हरलाई सेवा शुल्कको विवरण सार्वजनिक गर्न परिपत्र जारी गरेको छ । निजी मेडिकल कलेज हरुले तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो धेरै आउन थालेपछि शुल्क पारदर्शी बनाउन मन्त्रालयले परिपत्र जारी गरेको हो ।
मन्त्रालयले अस्पतालहरूलाइ आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरणका साथै शल्यक्रिया शुल्क, शैय्याको शुल्क, रेडियोलोजी र ल्याब को शुल्क तथा अन्य सेवाका शुल्कसमेत वेबसाइटमा राख्न र सेवाग्राहीले सहजै जानकारी पाउने व्यवस्था गर्न भनेको छ ।
मन्त्रालयले शुल्कको विवरण सार्वजनिक भए नभएको अनुगमन गर्ने भएको छ । पहिलो चरणमा अनुगमन गरिने र शुल्क सार्वजनिक नगर्ने वा तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा नियमानुसार कारबाही प्रकृया अगाडि बढाउने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *