२४४ किलो गाँजासहित १ जना पक्राउ

बुधबार राति मरिनतर्फबाट लालबन्दीतर्फ गाँजा तस्करी हुँदै गरेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।


४ वैशाख, काठमाडौं । २४४ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरका २५ वर्षीय सुशील चौधरी छन् ।

उनलाई इलाका प्रहरी कार्यालय लालबन्दीबाट इन्स्पेक्टर सुजन पाठकको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बुधबार राति मरिनतर्फबाट लालबन्दीतर्फ गाँजा तस्करी हुँदै गरेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

लालबन्दी –१३ पत्थरचोकबाट उनी पक्राउ परेका हुन् । बा २० च १७८२ नम्बरको बोलेरोमा उक्त गाँजा तस्करी गरेको प्रहरीको भनाइ छ । उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *