काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

शिक्षक कर्मचारीहरु बिजुलीबजार क्षेत्रमा भेला भएर प्रदर्शन गरिरहेका छन् । त्यसैले प्रहरीले माइतीघरबाट–बबरमहल–नयाँबानेश्वरतर्फ जान सवारी साधनलाई रोक लगाएको छ ।


७ वैशाख, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर–बबरमहल–माइतीघर क्षेत्रमा ट्राफिक अस्तव्यस्त भएको छ ।  शिक्षक तथा कर्मचारीहरुले कार्यालय समयमा गरेको प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो ।

शिक्षक कर्मचारीहरु बिजुलीबजार क्षेत्रमा भेला भएर प्रदर्शन गरिरहेका छन् । त्यसैले प्रहरीले माइतीघरबाट–बबरमहल–नयाँबानेश्वरतर्फ जान सवारी साधनलाई रोक लगाएको छ ।

मुख्य सडकबाट सवारी साधनलाई डाइभर्सन गरेपछि साँघुरा र भित्री सडकहरुमा गाडीहरुको चाप छ । त्यसैले ठाउँ–ठाउँमा ट्राफिक जामको समस्या छ ।

नियमित रुट बदलेर यात्रा गर्दा र लामो समयसम्म जाममा पर्दा सवारी चालक तथा यात्रुहरु मर्कामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *