१२ को परीक्षाबारे बोर्ड : सरकारसँग थप सल्लाह गर्ने, भरेसम्म फाइनल अपिल निकाल्ने

बोर्डले अरु संयन्त्र प्रयोग गरेर परीक्षा गरे पनि उत्तरपुस्तिका परीक्षण नगर्ने महासंघले घोषणा गरेपछि अर्को अपिल जारी गर्ने निर्णयमा महासंघ पुगेको हो ।

९ वैशाख, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ११ वैशाखमै गर्ने निर्णय गरेको र मंगलबार बेलुकी शिक्षकहरूलाई विद्यालय फर्कन फाइनल अपिल गर्ने जनाएको छ ।

मंगलबार बसेको बोर्डको बैठकले शिक्षक सहभागी नभए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षकहरू रुष्ट भएका छन् ।

परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको बोर्डले बेलुकासम्म अर्को अपिल आउने बताएको हो । ‘परीक्षा संवेदनशील विषय हो । शिक्षामन्त्रीज्यूले पनि राजीनामा गर्नुभयो । त्यसैले बिहान हामीले शिक्षकलाई अनुरोध गर्ने निर्णय गर्‍यौं । तर शिक्षामन्त्री नभएका कारण सरकारसँग सल्लाह गर्नुपर्ने भएकाले छलफलमा छौं,’ बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘बेलुकासम्म अर्को फाइनल निर्णयसहितको अपिल आउँछ ।’

बोर्डले अरु संयन्त्र प्रयोग गरेर परीक्षा गरे पनि उत्तरपुस्तिका परीक्षण नगर्ने महासंघले घोषणा गरेपछि अर्को अपिल जारी गर्ने निर्णयमा महासंघ पुगेको हो ।

परीक्षाको दिन आउन २ दिन बाँकी छ । तर, विद्यार्थी र अभिभावक परीक्षा हुने नहुने अन्योलमा परेका छन् । बोर्डका अनुसार ५ लाख ११ हजार विद्यार्थीले १२ को परीक्षा दिँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *