आईपीएल : लखनउलाई आठ विकेटले हराउँदै दिल्ली प्ले अफ नजिक

लखनउस्थित भरत रत्नश्री अटल बिहारी भाजपाय एकाना क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले १५९ रन बनाएको थियो।


१० वैशाख, काठमाडौं । दिल्ली क्यापिटलले इन्डियन प्रियिमयर लिग (आईपीएल)को प्ले अफ प्रवेशको सम्भावना बलियो बनाएको छ। इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्लीले छैटौं जित दर्ता गरेको हो। लखनउ सुपर जायन्सलाई ८ विकेटले हराउँदै दिल्लीले प्ले अफ प्रवेशको सम्भावना बलियो बनाएको हो ।

लखनउस्थित भरत रत्नश्री अटल बिहारी भाजपाय एकाना क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले १५९ रन बनाएको थियो। लखनउले दिएको १६० रनको विजय लक्ष्य पछ्याएको दिल्लीले १७.५ ओभरमा दुई विकेट गुमाउँदै १६१ रनसहित लक्ष्य पुरा गर्‍यो।

दिल्लीका लागि के एल राहुलले सर्वाधिक ५७ रनको अविजित पारी खेले। उनले ४२ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे।ओपनरद्वय अभिषेक पोरेल र करण नैरले क्रमशः ५१ र १५ रन बनाए। कप्तान अक्षर पटेल ३४ रनमा अविजित रहे।

लखनउको लागि दुवै ओपनरको विकेट एडन मक्रमले लिए। त्यसअघि, ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। लखनउका लागि ओपनर ब्याटर एडन मक्रमले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले। उनले ३३ बलमा दुई चौका र तीन छक्का प्रहार गरे। अर्का ओपनर मिचेल मार्सले ४५ रन बनाए। डेविड मिलरले १४ रन बनाउँदा आयुष बढोनीले ३६ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन्।

दिल्लीका लागि मुकेश कुमारले सर्वाधिक ४ विकेट लिए। मिचेल स्टार्क र दुश्मनथा चमेराले १(१ विकेट लिए। यो जितसँगै दिल्लीले ८ खेलमा अंक १२ जोडेको छ। बुधबार आइपीएलमा एक खेल रहेको छ । यस खेलमा सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। अंक तालिकामा मुम्बई छैटौं स्थानमा रहेको छ भने सनराइजर हैदराबाद नवौं स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *