आतंकवादी हमलामा मारिएका बुटवलका न्यौपाने परिवारसँग घुम्न गएका थिए

वडा अध्यक्ष न्यौपानेका अनुसार सुदीप गत शनिबार परिवारसहित कश्मिर घुम्न गएका थिए। सुदीपको शव आजै नेपाल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए। परिवारका अन्य सदस्य भने सकुशल रहेका छन्।


भारतको जम्मु-कश्मिर आतंकवादी हमलामा मारिएका नेपाली युवाको पुष्टि भएको छ। जम्मू -कश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा बुटवलका सुदीप न्यौपानेको मृत्यु भएको पुष्टि भएको हो।

बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष दधिराम न्यौपानेले उक्त आतंकवादी हमलामा २७ वर्षीय न्यौपानेको मृत्यु भएको पुष्टि गरेका हुन्। वडा अध्यक्ष न्यौपानेका अनुसार सुदीप गत शनिबार परिवारसहित कश्मिर घुम्न गएका थिए। सुदीपको शव आजै नेपाल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए। परिवारका अन्य सदस्य भने सकुशल रहेका छन्।

उक्त आतंकवादी हमलामा एकजना नेपालीसहित २७ जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो ३ बजेतिर बैसरन उपत्यका क्षेत्रमा भएको हमलामा उनीहरूको मृत्यु भएको हो। घटनामा अन्य धेरैजना घाइते भएका छन्। आक्रमणको जिम्मा लश्कर-ए-तैयबा समूहले लिएको छ।

पहलगाम आक्रमणमा मृत्यु हुनेमा धेरै पर्यटकहरू रहेका छन्। मृत्यु हुने आन्तरिक पर्यटकहरू भारतको  उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका रहेका छन्। घटनामा दुई स्थानीयको पनि मृत्यु भएको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *