सरकारी अस्पतालमा ओपीडी सेवा ठप्प, बिरामी अलपत्र

आकस्मिक र सघन उपचार बाहेका सेवा बहिस्कार गर्न बिहीबार नेपाल चिकित्सक संघले आह्वान गरेको थियो ।


१२ वैशाख, काठमाडौं । निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी प्रतिष्ठान सरह नै निर्वाह भत्ता उपलव्ध गराउनुपर्ने माग गर्दै सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले ओपीडी सेवा ठप्प पारेका छन् ।

आकस्मिक र सघन उपचार बाहेका सेवा बहिस्कार गर्न बिहीबार नेपाल चिकित्सक संघले आह्वान गरेको थियो । जसका कारण काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा आज ओपीडी सेवा प्रभावित भएको छ ।

वीर अस्पतालका आवासीय लगायतका अन्य सिनियर चिकित्सक आन्दोलनमा साथ दिनका लागि माइतीघर मण्डला पुगेका छन् । जसका कारण ओपीडी सेवा सञ्चालन भएको छैन ।

वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले शुक्रबार ओपीडी सेवा सञ्चालन गर्न नसकिएको बताए । ‘हिजो अनलाइनमार्फत टिकट काटेका केही बिरामीलाई ओपीडीमा हेरियो । तर अन्य बिरामीलाई हेर्न सकिएन,’ डा. शर्माले  भने, ‘चिकित्सक आन्दोलनमा जाँदा सेवा प्रभावित भएको छ ।’

शर्माका अनुसार भर्ना भएका र आकस्मिक रुपमा आएका बिरामीलाई जसोजतो सेवा दिइएको छ । ‘आइतबार पनि यो समस्याको हल नस्किए स्वास्थ्य सेवा पूर्णरुपमा प्रभावित हुनसक्ने देखिन्छ,’ शर्माले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *