काठमाडौं महानगरमा आइतबार शोक बिदा
निधनमा महानगरपालिकाले गहिरो दुःख र परिवारमा समवेदना प्रकट गरेको छ ।

१३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार शोक बिदा दिने निर्णय गरेको छ ।
तत्कालीन काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरपालिकाले आइतबार शोक बिदा दिएको हो ।
उनको हिजो शुक्रबार निधन भएको थियो । निधनमा महानगरपालिकाले गहिरो दुःख र परिवारमा समवेदना प्रकट गरेको छ ।
प्रशासन विभागले सूचना जारी गर्दै शोक विदा सम्बन्धी जानकारी गराएको छ ।
वि. सं. २००४ साल माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि पिसाब थैलीको क्यान्सरसँग जुधिरहेका थिए ।
उपप्रधानपञ्चका रुप उहाँले सहर निर्माण, सहरी व्यवस्थापन र प्रवर्धन तथा सामाजिक सेवामार्फत रुपान्तरणमा पुर्याएको योगदानको उच्च सम्मान बिदा दिने निर्णय भएको महानगरले जनाएको छ ।