इरान बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, करिब ५०० घाइते

इरानको राहत तथा उद्धार संस्थाका प्रमुखले अहिलेसम्म कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।


१३ वैशाख, काठमाडौं । इरानको बन्दर अब्बास सहरको शाहिद राजाई बन्दरगाहमा भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने करिब ५०० जना घाइते भएका छन् ।

इरानको राहत तथा उद्धार संस्थाका प्रमुखले अहिलेसम्म कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

घाइतेहरूको उपचारको लागि सहरका विभिन्न अस्पतालहरूमा व्यवस्था गरिएको छ ।

इरानको सरकारी सञ्चारमाध्यमले दक्षिणी इरानको शाहिद राजाई बन्दरगाहमा ठुलो विस्फोट भएको जनाएको छ । यद्यपि, विस्फोटको कारण भने अझै पत्ता लागेको छैन ।

शाहिद राजाई इरानको सबैभन्दा ठुलो व्यावसायिक बन्दरगाह हो । बन्दरगाहका अधिकारीहरूले धेरै कन्टेनरहरू विस्फोट भएपछि ठुलो आगलागी भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *