बोलेरो दुर्घटनामा १२ जना घाइते
सोमबार बिहान बा१९च ८३०४ नम्बरको बोलेरो सडकको मोडमा ठोक्किँदा १२ जना यात्रु घाइते भएको इलाका प्रहरी बाह्रबिसेले जनाएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ८ मानेश्वारास्थित गोल्माथाङमा बोलेरो दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।
सोमबार बिहान बा१९च ८३०४ नम्बरको बोलेरो सडकको मोडमा ठोक्किँदा १२ जना यात्रु घाइते भएको इलाका प्रहरी बाह्रबिसेले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएकाले उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । ‘बाँकी घाइतेको बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ’, ईलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले भने,‘बोलेरो चालकलाई नियन्त्रणमा लिएका छौँ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’
घाइते अधिकाशंको टाउको र खुट्टामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।