नेकपा महासचिव विप्लवले मतदाता नामावलीमा गराए नाम दर्ता
जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा महासचिव विप्लवले मतदाता नामावलीका लागि नाम दर्ता गराएका हुन्।

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा महासचिव विप्लवले मतदाता नामावलीका लागि नाम दर्ता गराएका हुन्।
यसअघि नै उनी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो। दल दर्ता प्रक्रियाका निम्ति महासचिव विप्लवले मतदाता नामावलीमा नाम दर्ता गराएको उनका स्वकीय सचिव अडिग बोगटीले बताए। छिट्टै नेकपाले आयोगमा दल दर्ता गर्ने बताइएको छ।