सानेपामा भयङ्कर दुर्घटना ट्रकसँग बाइक ठोक्दिँदा महिलाको निधन

पछाडिबाट तीव्र गतिमा आएको बाइक ट्रकको नजिकै गएर एक्कासी रोकिँदा महिला उछिट्टिएर ट्रकको टायरमुनि परेकी थिइन्।


काठमान्डौ – शुक्रबार सानेपामा भयानक दुर्घटना भएको छ। दुर्घटनामा परी बाइकमा सवार अन्दाजी ४० वर्षीय महिलाको ज्यान गएको छ।

ना ६ ख ४६२४ नम्बरको ट्रकमा पछाडिबाट आएको ग प ३, ०४२३ नम्बरको बाइक ठोकिँदा बाइकको पछाडि बस्ने अन्दाजी ४० वर्षीय महिलाको निधन भएको हो।

दुर्घटनाको कारण र मृत्यु हुनेको पहिचान खुलिसकेको छैन। प्रहरीले ट्रक चालक र बाइक चालकलाई नियन्त्रणमा लिएको छ।

पछाडिबाट तीव्र गतिमा आएको बाइक ट्रकको नजिकै गएर एक्कासी रोकिँदा महिला उछिट्टिएर ट्रकको टायरमुनि परेकी थिइन्। उनको शरीर क्षतविक्षेत भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *