रेल तथा जल यातायात विकास गरी ढुवानी लागत घटाइने

पेट्रोलमा बायो इथानोल मिश्रणको नीति समेत कार्यान्वयन गरिने भएको छ ।


१९ वैशाख, काठमाडौं । सरकारले रेल तथा जल यातायात विकास गरी ढुवानी लागत घटाउने घोषणा गरेको छ ।

सरकारको आगामी आवको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ । अत्यावश्यक वस्तु तथा सेवा आपूर्ति सहज बनाउन भण्डारण क्षमता, मूल्य निर्धारण र गुणस्तर नियन्त्रणमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै अन्तरदेशीय पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता बढाउने घोषणा समेत सरकारले गरेको छ । यस वर्ष ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भिक तयारी गरिने भएको छ । पेट्रोलमा बायो इथानोल मिश्रणको नीति समेत कार्यान्वयन गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *