भरुवा बन्दुक पड्केर युवकको मृत्यु

उनका अनुसार घटनामा अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको छ।


नुवाकोटको बाँसपानीमा भरुवा बन्दुक पड्केर युवकको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका-१२ बाँसपानीका  २४ वर्षीय सुवास तामाङको छातीमा भरुवा बन्दुक पड्केर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

घरदेखि एक किलोमिटर पूर्व भित्री कच्ची सडक खण्डमा भरुवा बन्दुक पड्केर सुवासको छातीमा चोट लागि उपचारको नुवाकोटे जिल्ला अस्पताल त्रिशूली लागिएकोमा उपचारका क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक विक्रम लामाले बताए।

उनका अनुसार घटनामा अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको छ। पक्राउ परेकाहरुमा नुवाकोटकै बेलकोटगढी नपा १२ का ३२ वर्षीय राजु तामाङ, सोही स्थानका २५ वर्षीय राजन तामाङ, २० वर्षीय रुपेश तामाङ र  धादिङको थाक्रे गापा ११ का  २८ वर्षीय सरोज तामाङ रहेका छन्।

धादिङको थाक्रेका सरोजलाई भने एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको डीएसपी लामाले बताए। चारै जनालाई जिल्ला अदालत नुवाकोटबाट ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद लिएर आवश्यक अनुसन्धान कार्य भई रहेको नुवाकोट प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *