अदालतबाट पक्राउ गर्ने भनेर काटिएको पुर्जीलाई फर्जी भनिएको उल्लेख गर्दै उनले थपे, ‘यो घटनाका सम्बन्धमा सरकारको अभिव्यक्ति नआएको हुनाले म यसै सदनमा भोलिका दिनमा प्रधानमन्त्री, गृहमन्त्रीले जवाफ दिनु भएन भने हामी सरकार छोड्न बाध्य भएर हामी बाहिरिन तयार हुन्छौं ।’
रेशम चौधरीको पक्राउबारे भोलिसम्म जवाफ दिन अल्टिमेटम, सरकार छाड्ने चेतावनी
सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद लालवीर चौधरीले यस्तो चेतावनी दिएका हुन् ।

२२ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको पक्राउबारे चित्तबुझ्दो जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद लालवीर चौधरीले यस्तो चेतावनी दिएका हुन् ।
यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।
एकीकरण सभामा पुगेका रेशम चौधरीलाई अपहरण शैलीमा एकाएक डिल्लीबजार कारागार पुर्याइएको उल्लेख गर्दै लालवीर चौधरीले सरकारले यो घटनाका सम्बन्धमा जवाफ दिनुपर्ने माग गरे ।