ईपीएस शाखामा धर्ना दिन पुगेका युवामाथि लाठीचार्ज

कोरिया जान पाउनु पर्ने माग राखेर धर्ना दिन ग्वार्को पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको धर्नामा सहभागी एक युवक बताउँछन् ।


२२ वैशाख, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिन पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

कोरिया जान पाउनु पर्ने माग राखेर धर्ना दिन ग्वार्को पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको धर्नामा सहभागी एक युवक बताउँछन् ।

सो क्रममा प्रहरीले पत्रकारहरूमाथि समेत अभद्र व्यवहार गरेका छन् । धर्नामा हस्तक्षेप गर्न पुगेका प्रहरीले पत्रकारहरूलाई फोटो नखिच्न भन्दै नमानेमा नियन्त्रणमा लिने धम्की दिएका छन् ।

भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएपछि सरकारलाई दबाब दिन तीन दिनदेखि धर्नामा बसेको धर्नमा सहभागी एक युवक निराजन सिंहले  जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *