युक्रेनी ड्रोन आक्रमणपछि मस्कोका सबै विमानस्थल बन्द

मस्कोका मेयर सर्गेई सोब्यानिनले कम्तिमा १९ वटा युक्रेनी ड्रोनहरू विभिन्न दिशाबाट शहर पुग्नु अघि नै नष्ट गरिएको जनाएका छन्।


२३ वैशाख, काठमाडौं । युक्रेनले रुसी राजधानी मस्कोलाई लक्षित गरी ड्रोन आक्रमण गरेपछि मस्कोका सबै विमानस्थल बन्द गरिएको छ।

युक्रेनले लगातार दोस्रो रात पनि मस्कोलाई लक्षित गर्दै रातभर ड्रोन आक्रमण गरेको रुसले दाबी गरेको छ।

रुसको उड्डयन निगरानी गर्ने संस्था रोसाभियाट्सियाले सुरक्षा सुनिश्चित गर्न राजधानीका चारै प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको जनाएको बीबीसी समाचारमा उल्लेख छ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले कम्तिमा १९ वटा युक्रेनी ड्रोनहरू विभिन्न दिशाबाट शहर पुग्नु अघि नै नष्ट गरिएको जनाएका छन्।

उनले नष्ट गरिएको ड्रोनको केही भग्नावशेष शहरतिर जाने प्रमुख राजमार्गहरू मध्ये एकमा खसेको तर यसले कुनै हताहत नभएको बताए।

युक्रेनले अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेको छैन। युक्रेनी शहर खार्किभका मेयरले भने रुसले रातारात शहर र किभ क्षेत्रमा ड्रोन आक्रमण गरेको जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *