पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको सांसद सिंहको दाबी
‘भारत र पाकिस्तानको बीचमा तनाव छ । कुनै बेला पनि युद्ध हुन सक्छ ।

२३ वैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको दाबी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
‘भारत र पाकिस्तानको बीचमा तनाव छ । कुनै बेला पनि युद्ध हुन सक्छ । यस्तो बेलामा नेपाल सरकारले हिजो छाडि अस्ति ४ मे मा ११ जना पाकिस्तानी आर्मीको डेलिगेशन बोलाएको छ’, उनले भने ।
पाकिस्तानी आर्मीको डेलिगेशन बोलाएर के सन्देश दिन खोजेको हो भन्ने सांसद सिंहको छ ।
उनी भन्छन्, ‘नेपाल सरकारले के म्यासेज दिन खोजिरहेको छ ?’
उनले कुन फ्लाइटबाट आएको समेत भनेका छन् । ‘त्यो पाकिस्तानी आर्मीको डेलिगेशन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ बाट …मन्सुर अन्सारीको नेतृत्वमा आएको छ’, सांसद सिंहले भने, ‘के हामीले कसैको पक्ष लिन मिल्छ ?’
पाकिस्तानको मान्छे नेपाल आउन हुन्न भन्ने आफ्नो भनाइ नरहेको तर, अहिले पाकिस्तानी आर्मीको डेलिगेशन बोलाउने समय गलत रहेको बताए ।