ट्रम्पले भने भारतले पाकिस्तानमा गरेको आक्रमणलाई ‘लाजमर्दो’
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भारत र पाकिस्तान दुवैलाई संयमित हुन आह्वान गरेका छन् ।
२४ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले पाकिस्तानमा गरेको आक्रमणलाई ‘लाजमर्दो’ भनेर टिप्पणी गरेका छन् ।
‘हामीले यसबारे भर्खरै मात्रै थाहा पाएका हौं, जब हामी ओभल अफिसमा प्रवेश गर्दै थियौं,’ ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘केवल यति चाहन्छु, यो लाजमर्दो छ । यस्तो(९लडाइँ) चाँडै सकियोस् ।’
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भारत र पाकिस्तान दुवैलाई संयमित हुन आह्वान गरेका छन् ।
नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाहीप्रति चिन्ता व्यक्त गर्दै उनले भनेका छन्, ‘महासचिवले दुवै देशलाई बढीभन्दा बढी संयम अपनाउन आह्वान गर्नुभएको छ । संसारले अर्को भारत–पाकिस्तान सैन्य टकरावको जोखिम उठाउन सक्दैन ।’
पाकिस्तानी सेनाले भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको जनाएको छ।