मकवानपुरमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर

प्रहरीका अनुसार  बलेरोमा चालकसहित ९ जना सवार रहेका थिए। जसमध्ये ६ जना अवस्था गम्भीर र ३ जना मध्यम घाइते भएका छन्।


२४ वैशाख, काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका-९ अठारे स्थित भित्रि सडक खण्डमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

बुधवार बिहान करिब ८:१५ बजे खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बलोरो सडकदेखि अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार  बलेरोमा चालकसहित ९ जना सवार रहेका थिए। जसमध्ये ६ जना अवस्था गम्भीर र ३ जना मध्यम घाइते भएका छन्।

दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा राक्सिराङ गाउँपालिका-९ बस्ने १६ वर्षीय हिमाल बस्नेत, सोही स्थानका ३५ वर्षीय बुद्धिमान् घलान, ७५ वर्षीय डिल बहादुर घलान र उनको श्रीमती फुलमाया घलान , ३८ वर्षीय रुपबहादुर राउत,४८ वर्षीय दिपक खड्का रहेका छन् ।

यस्तै दुर्घटना सोही स्थान बस्ने  ५० वर्षीय सुर्य अधिकारी, १४ वर्षीय कुमार तामाङ र  २८ वर्षीय सुजन तामाङ  सामान्य घाइते भएका  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  घाइतेहरूलाई उद्धार गरी उपचारको लागि मनहरी अस्पताल लगिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *