सर्वोच्चको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादव प्रहरी नियन्त्रणमा
११ मंसिर, काठमाडौं । मंगलबार सर्वोच्चको मुल गेट नजिकको बोर्डमा कालो छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पठाओमा आएर सर्वोच्चको बोर्डमा उनले कालो छ्यापेको प्रहरीले जनाएको छ । उनले सर्वोच्चको मुल गेट नजिकको बोर्डमा कालो छ्यापेकी थिइन् ।
आमरण अनशन समेत बसेकि यादव आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन् । उनिसँग विबाह गरेका रामेछापका एक युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका थिए । अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनले अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन् ।
तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारसँग पाँच बुँदे सहमति भएपछि २०८० जेठमा जुस पिलाएर यादवको आमरण अनशन तोडाएका थिए ।सरकारसँग भएको पाँच बुँदे सहमतिमा उनले दिएको मुद्दामा आवश्यक कारबाही अगाडि बढाउने र उनको जिवीकोपार्जनका लागि सहयोग गर्ने उल्लेख थियो ।