क्रिस्टियानो रोनाल्डोका छोरा पोर्चुगलको यू-१५ टिममा समावेश
पाँच पटक वालोन डी’ओर उपाधि जितेका रोनाल्डोका छोराले आफ्नो बुबाको पथ पछ्याउन लागेका हुन्।

पोर्चुगेली स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका छोरा जुनियर क्रिस्टियानो रोनाल्डोलाई पहिलो पटक पोर्चुगलको यू-१५ टिममा समावेश गरिएको छ।
१४ वर्षीय रोनाल्डो जुनियर हाल आफ्नो बुबासँग अरबको अल नासरमा रहेका छन्। २०२२ मा प्रो लिग क्लबका लागि अरब प्रस्थान गरेका थिए।
पोर्चुगलका ४० वर्षीय स्टार खेलाडी रोनाल्डोले आफ्नो छोराको नाम पोर्चुगलको टिममा परेपश्चात सामाजिक सञ्जाल छोरासँगको फोटो सार्वजनिक गर्दै ‘तीमीप्रति गर्व छ छोरा’ भन्ने क्याप्सन लेखेका थिए।
पाँच पटक वालोन डी’ओर उपाधि जितेका रोनाल्डोका छोराले आफ्नो बुबाको पथ पछ्याउन लागेका हुन्।