बढ्दो तनावबीच भारत र पाकिस्तानमा ५५० उडान रद्द

बुधबार सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान रद्द भएपछि कराँचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू पर्खिरहेका देखिन्थे।  


हवाई आक्रमणपछि भारत र पाकिस्तानमा करिब ५५० उडान रद्द गरिएका छन्।

रियल–टाइम उडान ट्र्याकिङ सेवा फ्लाइटराडार२४को तथ्याङ्क अनुसार हवाई हमलापछि पाकिस्तानमा १६ प्रतिशत र भारतमा ३ प्रतिशत निर्धारित व्यावसायिक उडान रद्द गरिएका छन्।

फ्लाइटराडार२४ का अनुसार पाकिस्तानमा १३५ उडान रद्द गरिएका छन् भने भारतमा ४१७ निर्धारित उडान रद्द गरिएका छन्।

बुधबार सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान रद्द भएपछि कराँचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू पर्खिरहेका देखिन्थे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *