भारत–पाकिस्तान युद्धको फ्रन्ट लाइनमा गोरखाली सेना प्रयोग नगर्न माग

प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै माओवादी केन्द्रकी सांसद मीना तामाङले यस्तो माग गरेकी हुन् ।


२५ वैशाख, काठमाडौं । भारत–पाकिस्तान युद्धको फ्रन्ट लाइनमा गोरखाली सेना प्रयोग नगर्ने वातावरण बन्नुपर्ने आवाज संसद्‍मा उठेको छ ।

प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै माओवादी केन्द्रकी सांसद मीना तामाङले यस्तो माग गरेकी हुन् ।

‘दुई देशबीचको लडाइमा पहिलो प्रयोग नेपाली गोरखाली सेना प्रयोग नगर्न भारत सरकारसँग गम्भीर छलफल गर्न माग गर्दछु’, उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *