मकवानपुरमा पार्किङबाट हराएको ट्रक जंगलमा भेटियो
ट्रक पार्किङ गरी राखेको ठाउँबाट हराएको भन्दै चालक थिङले प्रहरीमा उजुरी दिएका थिए ।

२५ वैशाख, काठमाडौं । मकवानपुरको मनहरीबाट हराएको ट्रक फेला परेको छ ।
मनहरी गाउँपालिका-७ रमनटारस्थित सोही स्थान बस्ने २६ वर्षीय ट्रक चालक सोमबहादुर थिङले आफ्नै घर नजिक पार्किङ गरी राखेको ना ६ ख ३६६१ नम्बरको ट्रक हराएको थियो ।
ट्रक पार्किङ गरी राखेको ठाउँबाट हराएको भन्दै चालक थिङले प्रहरीमा उजुरी दिएका थिए ।
चालकको उजुरीको आधारमा खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी गाउँपालिका-९ रजैयास्थित पूर्वपश्चिम सडक खण्डको जंगलमा बेवारिसे अवस्थामा फेला पारेको हो ।
बुधबार बिहान करिब ८ बजेको समयमा हराएको ट्रक हिजो दिउँसो २ बजे फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रक किन र कसले चलाएर उक्त स्थानमा पुर्याएर छाडेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेला परेको ट्रक धनी बाराको जितपुरसिमरा उपमहानगरपालिका-९ बस्ने सुरज देवकोटाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।