ललितपुर महानगरपालिकामा भोलि स्थानीय बिदा


ललितपुर महानगरपालिकाले भोलि स्थानीय बिदा दिने निर्णय गरेको छ।

ललितपुर महानगरपालिकामा मनाइने नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्तमा नगरवासीको उल्लेख्य उपस्थिति र परम्परा देखिने धार्मिक महत्वको दिन भएकोले महानगरपालिकाले बिदा दिने निर्णय गरेको हो।

महानगरपालिकाले आज सूचना जारी गरेर शुक्रबार रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्त रहेकाले महानगरपालिका र मातहतका कार्यालयहरूमा स्थानीय बिदा हुने जनाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *