माधवकुमार नेपालको मुटुमा समस्या, एन्जिओप्लास्टी गरियो
बिहीबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको एन्जिओप्लास्टी गरिएको हो ।

२६ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको एन्जिओप्लास्टी गरिएको छ ।
बिहीबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको एन्जिओप्लास्टी गरिएको हो ।
‘उहाँको मुटुको एक नसा साँधुरो थियो । उक्त नसा खोलिएको छ,’ उपचारमा समलग्न चिकित्सकले भने, ‘हिजो (बिहीबार) एन्जिओप्लास्टी गरिएको हो ।’
एन्जियोप्लास्टी भनेको रक्त नली (खासगरी मुटुको रक्त नली) मा भएको अवरोध हटाउने चिकित्सा प्रक्रिया हो । कहिलेकाहीँ रक्त नलीमा बोसो वा अन्य पदार्थ जम्मा भएर साँघुरो हुन्छ, जसले रक्त प्रवाहमा समस्या ल्याउँछ । यो समस्यालाई हल गर्न एन्जियोप्लास्टी गरिन्छ ।
ती चिकित्सकका अनुसार नेपालको मुटुको समस्या पहिल्लादेखि नै थियो ।
‘उहाँको मुटुको नसामा पहिल्यै देखि समस्या थियो । अप्रेसनको योजनाबद्ध रूपमा गरिएको हो,’ ती चिकित्सकले भने, ‘ अहिले स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ ।’
मुटुको उपचारपछि नेपाललाई केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् ।