समलिंगी जोडीलाई छुट्याउन प्रहरी प्रयोग भएको आरोप

धादिङ र चितवन घर भएका दुई समलिंगी महिलाबीच प्रेम सम्बन्ध भएर सँगै बसेका बेला उनीहरुलाई छुट्याउन प्रहरी समेत प्रयोग भएको लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकारकर्मीहरुले आरोप लगाएका छन् ।

२९ वैशाख, काठमाडौं। समलिंगी विवाह गर्न खोजेको जोडीलाई छुट्याउन प्रहरीले समेत प्रयोग भएको आरोप लागेको छ ।

धादिङ र चितवन घर भएका दुई समलिंगी महिलाबीच प्रेम सम्बन्ध भएर सँगै बसेका बेला उनीहरुलाई छुट्याउन प्रहरी समेत प्रयोग भएको लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकारकर्मीहरुले आरोप लगाएका छन् ।

मायाको पहिचान नेपाल नामक संस्थाले रमिला र उनकी साथी सहमतिमा विवाह गर्ने योजना अनुसार, सिन्धुलीको सुनकोशी गाउँपालिका गएका थिए । तर, त्यसबेला रमिलाकी भाउजुले उनी हराएको भन्दै प्रहरी कहाँ निवेदन दिएकी थिइन् ।

‘दुवैलाई प्रहरीले कार्यालयमा बोलाएपछि उहाँहरु जानु भएको थियो, उजुरीमा उल्लेख भएअनुसार उहाँहरु भाग्नु भएको थिएन, परिवारसँग निरन्तर सम्पर्कमै हुनुहुन्थ्यो’, संस्थाका निर्देशक सुनिलबाबु पन्तले भनेका छन्, ‘प्रहरी कहाँ रमिलाले लामो समयदेखि परिवारबाट नै गालीगलौज र कुटपिटको सिकार भएको बताउँदा ललितपुर प्रहरीका एसएसपी श्यामकृष्ण अधिकारीले गम्भीरता नदेखाई अपमानजनक शैलीमा अपशब्द प्रयोग गरेका थिए ।’

त्यसपछि प्रहरीले नै उनलाई भाउजुको जिम्मा लगाएको भनिएको छ । सर्वोच्च अदालतले १२ असार २०८० मा दिएको आदेश अनुसार नेपालमा समलिंगी विवाहलाई कानूनी मान्यता दिइँदै आएको छ ।

त्यसअनुसार, गृह मन्त्रालयको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको १२ वैशाखले २०८१ मा सबै पालिकालाई समलिंगी विवाह दर्ता गर्नसक्ने कानुनी अधिकरा दिएको छ । यद्यपि, अझै पनि विवाह गर्ने समलिंगी जोडीले सामाजिक बहिष्कार र कानुनी झमेला व्यहोर्नु परिरहेको छ ।

संस्थाका पदाधिकारी एवं दक्षिण एसियामा पहिलो समलिंगी विवाह गर्ने सुरेन्द्र पाण्डेले रमिला र उनको साथीको सुरक्षा सुनिश्चितता गर्न माग गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *