भारतीय सेनाले भन्यो– हाम्रो वायु रक्षा प्रणालीमा शत्रु घुस्न असम्भव थियो

एयर मार्शल एके भारतीले पाकिस्तानले भारतमाथि आक्रमणमा प्रयोग गरिएका चीनको पीएल–१५ मिसाइलको नष्ट गरेको दाबी गरे । 

भारतको बलियो वायु रक्षा प्रणालीले पाकिस्तानका धेरै ड्रोन र मिसाइल आक्रमणलाई विफल पारेको दाबी गरेको छ। आज ‘अपरेशन सिन्दूर’बारे भारतीय सेनाको प्रेस ब्रिफिङमा यस्तो दाबी गरिएको हो।

वायु सञ्चालन महानिर्देशक एयर मार्शल एके भारतीले वायु रक्षा प्रणाली देशको लागि पर्खाल जस्तै उभिएको बताए। उनले भने, ‘हाम्रो तर्फ वायु रक्षा प्रणाली देशको लागि पर्खाल जस्तै उभिएको थियो र शत्रुलाई यसमा प्रवेश गर्न असम्भव भयो।’

एयर मार्शल एके भारतीले भारतको वायु रक्षा प्रणालीले पाकिस्तानले प्रहार गरेको ड्रोन र अन्य हतियारहरूलाई खसालेको बताए। उनले चिनियाँ निर्मित मिसाइल पीएल–१५ को पनि उल्लेख गरे। उनले पाकिस्तानले चिनियाँ मिसाइल पीएल–१५ को प्रयोग गरेको बताए।

एयर मार्शल एके भारतीले पाकिस्तानले भारतमाथि आक्रमणमा प्रयोग गरिएका चीनको पीएल–१५ मिसाइलको नष्ट गरेको दाबी गरे ।

एयर मार्शल एके भारतीले भने,‘हाम्रो लडाई आतंकवाद र आतंककारीहरूविरुद्ध थियो। त्यसैले मे ७ मा हामीले आतंकवादी लुक्ने ठाउँहरूमा मात्र आक्रमण गर्‍यौँ।’

उनले थप भने,‘तर दुर्भाग्यवश पाकिस्तानी सेनाले आतंककारीहरूलाई समर्थन गर्नु उचित ठाने र यो लडाइँलाई आफ्नै लडाई बनाए। यस अवस्थामा, हाम्रो बदला लिने कारबाही अत्यन्त आवश्यक थियो। यसमा उनीहरूले जे पनि क्षति बेहोरेको छ त्यसको जिम्मेवार उनीहरू आफैँ हुन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *