ट्रम्पलाई कतारले ४० करोड डलरको विमान उपहार दिने
ट्रम्पको कतार भ्रमणको क्रममा यसको आधिकारिक घोषणा हुन सक्छ। यो उपहार कुनै पनि अमेरिकी राष्ट्रपतिले प्राप्त गरेको सबैभन्दा महँगो विदेशी उपहार हुनेछ।

३० वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मे १४ मा कतार पुग्ने कार्यक्रम छ। उनी आएपछि कतार सरकारले उनलाई विलासी बोइङ ७४७-८ जम्बो जेट उपहार दिने जनाइएको छ। यो विमानको मूल्य ४० करोड डलर छ।
ट्रम्पको कतार भ्रमणको क्रममा यसको आधिकारिक घोषणा हुन सक्छ। यो उपहार कुनै पनि अमेरिकी राष्ट्रपतिले प्राप्त गरेको सबैभन्दा महँगो विदेशी उपहार हुनेछ। यद्यपि घोषणा पछि पनि ट्रम्पले यो उपहार अहिले नै पाउने छैनन्।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार सुरक्षा क्लियरेन्स प्राप्त हुन केही समय लाग्न सक्छ। ट्रम्पले २०२९ मा आफ्नो राष्ट्रपतिको कार्यकाल पूरा हुनुभन्दा केही समय अघि यो विमान प्रयोग गर्न सक्नेछन्।
बोइङ ७४७-८ जम्बो जेटलाई ‘फ्लाइङ प्यालेस’ पनि भनिन्छ। यो विलासिता र उन्नत प्रविधिको लागि प्रसिद्ध छ। यो बोइङ ७४७ शृङ्खलाको पछिल्लो र सबैभन्दा ठूलो संस्करण हो।
बोइङ ७४७-८ लाई भिआइपी कनफरेसनको समयमा ४०-१०० यात्रुहरूका लागि लक्जरी सुइटहरूमा रूपान्तरण गर्न सकिन्छ। यसमा मास्टर बेडरूम, सम्मेलन कोठा, भोजन क्षेत्र, लाउन्ज र बाथरूम जस्ता सुविधाहरू छन्।
यो विमानमा चारवटा GEnx-2B टर्बोफ्यान इन्जिनहरू छन्। यसका साथै आधुनिक गिलास ककपिट र नेभिगेसन प्रणाली पनि छ। क्षेप्यास्त्रहरूबाट जोगाउन प्रतिरोधात्मक उपायको रूपमा इन्फ्रारेड ज्यामर जस्ता सुविधाहरू छन्।