चिर्पटले हानेर श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

संगीताले घरायसी विवादका क्रममा दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको थियो।


दाङ : चिर्पटले हानेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छन्। प्रहरीका अनुसार बंगलाचुली गाउँपालिका-७ हल्दीकी ५० वर्षीया संगीता सुनारी मगरले ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो।

संगीताले घरायसी विवादका क्रममा दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको थियो। खबर पाएपछि इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *