मोहन बस्नेतको सांसद पद निलम्बन भएको सूचना संसद्‍मा सुनाइयो

बिहीबार प्रवितनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले यस्तो सूचना सुनाएका हुन् ।


१ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य मोहन बस्नेतको पद निलम्बन भएको सूचना संसद्‍मा सुनाइएको छ ।

बिहीबार प्रवितनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले यस्तो सूचना सुनाएका हुन् ।

टेरामक्स खरिद गर्दा भ्रष्टाचार भएको र त्यसमा संलग्न रहेको भनेर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । यही सूचना संसद् सचिवालय पुगेको थियो ।

उक्त सूचना समाभुख घिमिरेले सभामा सुनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *