कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए।

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते बस्ने भएको छ।  कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए।

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *